संविधान संशोधन बहसपत्र सरकारलाई बुझाइँदै, प्रमुख दलहरूको असहमति कायम
२०८३ असार २८

संविधान संशोधन बहसपत्र तयार भए पनि प्रमुख राजनीतिक दलहरूको असहमति र बहिष्कारबीच सरकारलाई प्रतिवेदन बुझाइने भएको छ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको संविधान संशोधन बहसपत्र कार्यदलले असार मसान्तसम्म प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। कार्यदलले ४४ हजारभन्दा बढी सुझाव संकलन गरेको दाबी गरे पनि नेपाली कांग्रेस, एमाले, नेकपा, जसपा, लोसपा, राप्रपालगायत दलले क्षेत्राधिकार र प्रक्रियामाथि प्रश्न उठाउँदै सहभागिता अस्वीकार गरेका छन्।
Tags:
#संविधानसंशोधन #बहसपत्र #सरकार #राजनीति #नेपालीकांग्रेस #एमाले #रास्वपा #संविधान #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

