ग्यास अभाव तत्काल समाधान गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन
२०८३ श्रावण २७

राष्ट्रिय सभा अध्यक्ष दाहालले ग्यास अभाव तत्काल समाधान गरी आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिएका छन्।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा उनले ग्यासको सहज आपूर्ति तथा बिक्री–वितरणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। बैठकको शून्य तथा विशेष समयमा सांसदहरूले ग्यास अभावका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको विषय उठाएका थिए।
Tags:
#छोटोखबर #ग्यासअभाव #एलपीग्यास #राष्ट्रियसभा #नारायणप्रसाददाहाल #सरकार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४