प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेट, बाढीको प्रभाव बारे छलफल
२०८३ भाद्र १५

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनाबारे छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनबारे छलफल भएको छ। प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उद्धार, राहतको सहज पहुँच र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि सरकारी संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराए।
Tags:
#छोटोखबर #प्रधानमन्त्रीबालेनशाह #रविलामिछाने #भोटेकोशीबाढी #रसुवा #उद्धार #राहत #पुनर्स्थापना #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४