कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको गोली, दुई घाइते
२०८३ श्रावण ३

कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।
काठमाडौंको कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीमाथि आक्रमण गरी भाग्न खोजेपछि दुई जनालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुवैको घुँडामुनि गोली लागेको छ। उनीहरूको साथबाट ट्रामाडोल बरामद गरिएको छ भने प्रहरीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली चलाएको थियो।
Tags:
#छोटोखबर #लागुऔषध #नेपालप्रहरी #कुलेश्वर #अपराध #काठमाडौं #ट्रामाडोल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
