कांग्रेसको विशेष महाधिवेशन: आयोगलाई विधान अनुसार विवरण अद्यावधिक गर्न आग्रह
admin admin
२०८२ माघ २

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गएको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले विधानमा भएको विशेष महाधिवेशनको व्यवस्थाबारे स्पष्ट पारेका हुन् ।
गगनकुमार थापाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनमा निर्वाचित कार्यसमितिको विधान अनुसारको वैधता निर्वाचन आयोगसँग प्रष्ट पारेको छ। उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालले विधान धारा १७(२) अनुसार महाधिवेशन प्रतिनिधिको अधिकार प्रयोग गरी नयाँ नेतृत्व चयन भएको र आयोगले विवरण अद्यावधिक गर्नुपर्ने बताए। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले विधान पालना भएको पुष्टि गरे।
Tags:
#छोटोखबर #कांग्रेस #महाधिवेशन #निर्वाचनआयोग #गगनकुमारथापा #राजनीति #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

