सेयर बजार ८.१४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
२०८३ जेठ २८

बिहीबार नेप्से ८.१४ अंकले घट्दा कारोबार रकम पनि घटेको छ।
बिहीबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८ बिन्दुमा झरेको छ। कारोबार रकम पनि ४ अर्ब २९ करोडबाट घटेर ३ अर्ब ९० करोड रुपैयाँमा सीमित भयो। ८२ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको घट्यो। फाइनान्स समूह सबैभन्दा धेरै घट्दा होटल तथा पर्यटन र उत्पादन समूह भने बढेका छन्। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढ्यो।
Tags:
#सेयरबजार #नेप्से #पुँजीबजार #लगानी #शेयरकारोबार #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


