सगरमाथाबाट १ अर्बभन्दा बढी रोयल्टी संकलन
२०८३ बैशाख २३

रोयल्टी शुल्क वृद्धि र उच्च सहभागिताका कारण सगरमाथाबाट मात्रै १ अर्बभन्दा बढी राजस्व संकलन भएको छ।
चालु आरोहण सिजनमा सगरमाथाबाट मात्र सरकारले १ अर्बभन्दा बढी रोयल्टी संकलन गरेको छ। ४७ समूहका ४६४ आरोहीले अनुमति लिँदा १ अर्ब १ करोडभन्दा बढी उठेको हो। यस वर्ष रोयल्टी दर बढाइएकाले आम्दानी बढेको छ। कुल २९ हिमालमा १,०७२ आरोही सहभागी छन्, जसमा चीन र अमेरिका अग्रस्थानमा छन्।
Tags:
#छोटोखबर #सगरमाथा #आरोहण #पर्यटन #नेपालसमाचार #रोयल्टी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

