सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नगर्ने सरकारको स्पष्टोक्ति
२०८३ श्रावण २८

सरकारले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था तत्काल परिवर्तन नगर्ने जनाएको छ।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्था तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानूनमन्त्री सोभिता गौतमले इन्धन खपत घटाउन, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, कर्मचारीको कार्य–जीवन सन्तुलन मिलाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यो व्यवस्था प्रभावकारी देखिएको बताइन्। प्राप्त सुझावलाई भने सरकारले अध्ययन गर्ने उनले स्पष्ट पारिन्।
Tags:
#छोटोखबर #सार्वजनिकबिदा #सोभितागौतम #बालेनशाह #सरकार #राष्ट्रियसभा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४