लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम भने उच्च
२०८३ जेठ २६

लगातार चौथो दिन नेप्से घटे पनि कारोबार रकम बढेर वैशाख १५ यताकै उच्च ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
लगातार चौथो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १.५४ अंक घटेर २७३३ अंकमा पुगेको छ। यद्यपि कारोबार रकम भने बढेर ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख १५ यताकै उच्च हो। १०५ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो। सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ।
Tags:
#सेयरबजार #नेप्से #नेपालस्टकएक्सचेन्ज #शेयरकारोबार #लगानी #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


