सेयर बजारमा सुधार, नेप्से २२.२१ अंकले बढ्यो
२०८३ जेठ १९

सोमबारको गिरावटपछि मंगलबार नेप्से २२.२१ अंकले बढ्दै सेयर बजारमा सुधार देखिएको छ।
बजेटपछि एक दिन घटेको सेयर बजार मंगलबार पुनः सुधारिएको छ। नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। १८३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घट्यो। कुल ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कालिञ्चोक हाइड्रो, सेन्ट्रल फाइनान्स, नेपाल रिइन्स्योरेन्सलगायत कम्पनी उच्च कमाउने सूचीमा रहे।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरलगानी #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #लगानीकर्ता #कालिञ्चोकहाइड्रो #नेपालरिइन्स्योरेन्स #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


