राखेपद्वारा एन्फामाथिको निलम्बन फुकुवा
२०८३ जेठ १

राखेपले एन्फामाथिको निलम्बन हटाउँदै फुटबल विकासमा सहकार्य गर्ने सहमति गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीच मन्त्रालयमा भएको छलफलपछि निर्णय गरिएको हो । एन्फाले निलम्बन बिनासर्त फुकुवा भएको जनाएको छ । अब फिफाको नियमअनुसार नेपाली फुटबल विकासमा मिलेर अघि बढ्ने सहमति भएको छ ।
Tags:
#एन्फा #राखेप #नेपालीफुटबल #सस्मितपोखरेल #खेलकुदसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
