झुटा विवरण दिई राहदानी लिनेलाई कैद हटाएर जरिबाना प्रस्ताव
२०८३ श्रावण २६

सरकारले झुटा विवरण दिई राहदानी लिने कसुरमा कैद हटाएर एकदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरेको छ।
सरकारले झुटा विवरण पेश गरी राहदानी लिने व्यक्तिलाई कैद सजाय हटाएर जरिबाना मात्रै गर्ने गरी राहदानी ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ। विधेयकअनुसार यस्तो कसुरमा एक लाखदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने प्रस्ताव गरिएको छ। हाल दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ।
Tags:
#छोटोखबर #राहदानी #पासपोर्ट #राहदानीऐन #शिशिरखनाल #प्रतिनिधिसभा #कानुनसंशोधन #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४