Choto Khabar Logo

साताको पहिलो दिन नेप्से २०.२७ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो

२०८३ जेठ २५
साताको पहिलो दिन नेप्से २०.२७ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो
साताको पहिलो दिन सेयर बजार २०.२७ अंकले घट्दा कारोबार रकम पनि डेढ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २०.२७ अंक घटेर २७३५ बिन्दुमा झरेको छ। ४१ कम्पनीको मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ। कारोबार रकम ५ अर्ब ६१ करोडबाट घटेर ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भयो। फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् भने कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #शेयरकारोबार #नेपालस्टकएक्सचेन्ज #लगानी #अर्थतन्त्र #वित्तीयबजार #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू