ओलीको टिप्पणी: दुब्लाहरूको गठजोडले एमालेसँग मुकाविला गर्न सक्दैन
admin admin
२०८२ पौष १५

एमालेलाई सिंहसँग तुलना गर्दै ओलीले कुखुरा, बाख्रा र स्यालजस्ता शक्तिले मोर्चा बनाएर आफ्नो पार्टीलाई पराजित गर्न नसकिने तर्क प्रस्तुत गरे।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङबीचको सहकार्यलाई दुब्लाहरूको गठजोड बताएका छन्। बलियो एमालेसँग मुकाविला गर्न कमजोर शक्तिहरूले एकता खोजिरहेको उनको भनाइ छ। लोकप्रियताको मूल्यांकन आगामी निर्वाचनबाट हुने र लोकतन्त्र पराजित नहुने दाबी ओलीले गरे।
Tags:
#छोटोखबर #केपीशर्माओली #एमाले #नेपालीराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

