एसियन खेलकुद छनोटको फाइनलमा नेपाल र हङकङ भिड्ने
२०८३ जेठ २४

ओमान र मलेसियालाई हराउँदै नेपाल र हङकङ एसियन खेलकुद क्रिकेट छनोटको फाइनलमा पुगेका छन्।
एसियन खेलकुद पुरुष क्रिकेट छनोटको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङले फाइनलमा स्थान बनाएको हो। यसअघि नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। फाइनल सोमबार दिउँसो सवा १२ बजे सुरु हुनेछ।
Tags:
#छोटोखबर #नेपालक्रिकेट #हङकङ #एसियनखेलकुद #क्रिकेट #फाइनल #खेलसमाचार #नेपालीटोली #उपाधि
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्