सुगौली र १९५० को सन्धिको मूल प्रति भए/नभएको यकिन छैन : परराष्ट्रमन्त्री खनाल
२०८३ श्रावण २५

सुगौली र १९५० को नेपाल–भारत मैत्री सन्धिका औपचारिक मूल दस्ताबेजबारे सरकारसँग यकिन अभिलेख नभएको परराष्ट्रमन्त्री खनालले बताएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले १८१६ को सुगौली सन्धि र १९५० को नेपाल–भारत मैत्री सन्धिका औपचारिक मूल दस्ताबेज नेपाल सरकारसँग भए/नभएको यकिन नभएको बताएका छन्। प्रतिनिधिसभामा सांसद निश्कल राईको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय अभिलेखालयमा सम्बन्धित केही दस्ताबेज रहेको जानकारी भए पनि ती औपचारिक सन्धिका मूल प्रति हुन् कि होइनन् भन्ने पुष्टि नभएको बताए।
Tags:
#छोटोखबर #सुगौलीसन्धि #नेपालभारतसम्बन्ध #नेपालभारतसन्धि #परराष्ट्रमन्त्री #शिशिरखनाल #प्रतिनिधिसभा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४