सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
२०८३ श्रावण २९

सम्पत्ति छानबिन आयोगको संवैधानिकतामाथि परेका छवटा रिट सर्वोच्चको संवैधानिक इजलासबाट टुंगो लाग्ने भएको छ।
सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर भएका छवटा रिट निवेदन संवैधानिक इजलासबाट टुंग्याउने भएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संविधानको धारा १३७(३) बमोजिम गम्भीर संवैधानिक प्रश्न देखिएको भन्दै निवेदन संवैधानिक इजलासमा पेश गर्न निर्देशन दिएका हुन्। यसअघि संयुक्त इजलासले आयोगविरुद्ध तत्काल कारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो। रिटको पेशी भने अझै तोकिएको छैन।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #संवैधानिकइजलास #सम्पत्तिछानबिनआयोग #न्यायपालिका #रिट #संविधान #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४