सुनसरी घटनाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा
२०८३ श्रावण १४

राष्ट्रिय सुरक्षा परिषद्ले सुनसरी घटनाको समीक्षा गर्दै सामाजिक सद्भाव र सुरक्षा सुदृढ गर्ने विषयमा छलफल गरेको छ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सुनसरीको देवानगञ्ज–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गरेको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरी सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने विषयमा छलफल भएको छ। बैठकमा विपद् प्रतिकार्यबारे पनि समीक्षा गरिएको छ।
Tags:
#छोटोखबर #राष्ट्रियसुरक्षापरिषद् #सुनसरी #देवानगञ्ज #सामाजिकसद्भाव #राष्ट्रियएकता #नेपालसमाचार #सुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४