Choto Khabar Logo

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न कांग्रेस इतर समूहको आग्रह

२०८३ श्रावण २६
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न कांग्रेस इतर समूहको आग्रह
सर्वोच्च अदालतको आदेशलाई आधार बनाउँदै कांग्रेस इतर समूहले महाधिवेशनसम्बन्धी गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ। राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको आदेशलाई आधार बनाउँदै मंगलबार दुवै निकायलाई पत्र पठाएका हुन्। पत्रमा १५औँ वा विशेष महाधिवेशनका सांगठनिक, प्राविधिक तथा नीतिगत गतिविधि रोक्न र दूरगामी निर्णय नगर्न आग्रह गरिएको छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शशांककोइराला #महाधिवेशन #निर्वाचनआयोग #सर्वोच्चअदालत #कांग्रेससमाचार #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू