जेठमा पनि बैंक ब्याजदर घट्यो, मुद्दती निक्षेपमा प्रतिफल न्यून
२०८३ बैशाख ३१

तरलता अधिक र कर्जा प्रवाह कमजोर हुँदा बैंकहरूको मुद्दती निक्षेप ब्याजदर जेठमा पनि घटेको छ।
वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन्। ७ बैंकले ब्याजदर घटाउँदा औसत अधिकतम ब्याजदर ४.४० प्रतिशतबाट ४.३४ प्रतिशतमा झरेको छ। अधिकांश बैंकको ब्याजदर मुद्रास्फितिभन्दा तल पुगेको छ। बैंकहरूमा तरलता बढी र कर्जा प्रवाह कमजोर हुँदा ब्याजदर घटिरहेको हो। अब कुनै पनि बैंकले व्यक्तिगत मुद्दतीमा ४.८ प्रतिशतभन्दा बढी ब्याज नदिने भएका छन्।
Tags:
#छोटोखबर #बैंकब्याजदर #मुद्दतीनिक्षेप #नेपालअर्थतन्त्र #वाणिज्यबैंक #नेपालराष्ट्रबैंक #वित्तीयक्षेत्र #अर्थसमाचार #तरलता
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

