Choto Khabar Logo

कांग्रेसको संस्थापन इतर समूह महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने

२०८३ भाद्र ४
कांग्रेसको संस्थापन इतर समूह महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने
कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आधिकारिकता विवादको सुनुवाइलाई आधार बनाउँदै १५औँ महाधिवेशन रोक्न अदालत जाने भएको छ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले शुक्रबारसम्म निवेदन दर्ता गर्ने निर्णय गरेको हो। पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइ हुने भएकाले महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने इतर समूहको तर्क छ। तर कांग्रेसले भने महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #कांग्रेसमहाधिवेशन #१५औँमहाधिवेशन #संस्थापनइतर #शशांककोइराला #मीनविश्वकर्मा #अदालत #महाधिवेशन #नेपालराजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू