सुन घट्यो, चाँदी हालसम्मकै महँगो
Author Author
२०८२ पौष २

सुनको मूल्य घट्दा चाँदीको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँ घटेर २ लाख ५९ हजार ७ सय रुपैयाँमा झरेको छ। मंसिर २९ मा सुन हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय पुगेको थियो। चाँदी भने १७० रुपैयाँ बढेर तोलाको ४ हजार ५५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्