जिम्बाब्वेको ऐतिहासिक जित, अस्ट्रेलिया स्तब्ध
admin admin
२०८२ फाल्गुण १

जिम्बाब्वेले यसअघि पनि सन् २००७ को विश्वकपमा, आजभन्दा करिब १९ वर्षअघि, लिग चरणअन्तर्गत अस्ट्रेलियालाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको स्मरणीय उपलब्धि दोहोर्याएको थियो।
भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटमा जिम्बाब्वेले कोलम्बोमा अस्ट्रेलियालाई २३ रनले हरायो। पहिले ब्याटिङ गर्दै जिम्बाब्वेले २ विकेटमा १६९ रन बनायो। १७० रन पछ्याएको अस्ट्रेलिया १४६ रनमै अलआउट भयो। ब्रायन बेनेट ६४ रनमा अविजित रहे। मुजराबानीले ४ विकेट लिए। हारपछि अस्ट्रेलिया समूह बीमा तेस्रो स्थानमा झर्यो, जिम्बाब्वे र श्रीलंका शीर्षमा छन्।
Tags:
#छोटोखबर #जिम्बाब्वे #विश्वकपक्रिकेट #क्रिकेट #अस्ट्रेलिया
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्