Choto Khabar Logo

शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा

२०८३ श्रावण २८
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
देउवाले व्यक्तिगत पद वा शक्ति नभई राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले झन्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने बताएका छन्। अपिल जारी गर्दै उनले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाए। संविधानको संरक्षण, नागरिक अधिकार र लोकतन्त्रका पक्षमा कांग्रेसले सम्झौता नगर्ने बताउँदै उनले बाँकी जीवन राष्ट्र र लोकतन्त्रको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।

Tags:

#छोटोखबर #शेरबहादुरदेउवा #नेपालीकांग्रेस #राष्ट्रियएकता #लोकतन्त्र #संविधान #युवापुस्ता #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू