विदेशस्थित नेपाली नियोगका आफ्नै भवन निर्माणलाई सरकारको प्राथमिकता
२०८३ भाद्र २

सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै भवन निर्माणलाई प्राथमिकता दिँदै कानुनी जटिलता समाधान गर्न थालेको बताएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगका आफ्नै भवन निर्माणलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएका बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसद निष्कल राईको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण निर्माण हुन नसकेको र समस्या समाधान हुँदै गएको जानकारी दिएका छन्। गत आर्थिक वर्ष नियोगको घरभाडामा करिब १ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको बताएका छन्।
Tags:
#छोटोखबर #परराष्ट्रमन्त्रालय #परराष्ट्रमन्त्री #नेपालीनियोग #कूटनीति #विदेशस्थितनियोग #भवननिर्माण #नेपालसरकार #प्रतिनिधिसभा #कूटनीतिकसम्पत्ति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४