देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक
२०८३ जेठ ८
सडक चाप र प्रदूषण नियन्त्रणका लागि सरकारले देशभर नयाँ सार्वजनिक सवारी दर्ता अस्थायी रूपमा बन्द गरेको छ।
यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा रोक लगाएको छ। अत्यधिक सवारी चाप, ट्राफिक जाम, प्रदूषण र लगानी जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म दर्ता बन्द गरिएको हो। जेठ ७ गते जारी परिपत्रअनुसार पेट्रोलियम तथा विद्युतीय दुवै सार्वजनिक सवारी दर्ता गर्न नपाइनेछ। निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार गरिएको विभागले जनाएको छ।
Tags:
#यातायात #सार्वजनिकसवारी #ट्राफिकजाम #प्रदूषण #विद्युतीयसवारी #नेपाल #यातायातव्यवस्था #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

