Choto Khabar Logo

संसद् सचिवालयद्वारा दलहरूलाई सिटअनुसार कार्यालय व्यवस्थापन

२०८२ चैत्र ९
संसद् सचिवालयद्वारा दलहरूलाई सिटअनुसार कार्यालय व्यवस्थापन
प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ चैत १२ गते नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ। नयाँ संसद् भवन निर्माण नसकिएकाले हालकै परिसरमा व्यवस्था गरिएको हो। कांग्रेस र एमालेले साबिककै कार्यालय पाएका छन् भने नेकपाको पुरानो कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएको छ। अन्य दलहरूलाई पनि सिटअनुसार स्थान दिइएको छ।

Tags:

#छोटोखबर #संसद #राजनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू