टी–२० विश्वकप ट्रफी सार्वजनिक
admin admin
२०८२ पौष २१

राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप ट्रफी शीतल निवासमा सार्वजनिक गरेका छन्। ट्रफी टुरअन्तर्गत नेपाल आएको ट्रफीलाई उनले गौरवपूर्ण क्षणको संज्ञा दिए। क्रिकेटले राष्ट्रिय एकता र युवाको भविष्य निर्माणमा योगदान पुर्याएको भन्दै उनले महिला तथा पुरुष राष्ट्रिय टोलीलाई उत्कृष्ट प्रदर्शनको शुभकामना दिए।
Tags:
#छोटोखबर #टी२०विश्वकप #विश्वकपट्रफी #नेपालीक्रिकेट #खेलकुद #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्