मोरक्कोलाई हराउँदै फ्रान्स लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा
२०८३ असार २६

फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।
कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। बोस्टनमा भएको क्वार्टरफाइनलमा पहिलो हाफमा पेनाल्टी चुकाएका एमबाप्पेले दोस्रो हाफमा गोल गरे। यो हारसँगै मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि अन्त्य भएको छ।
Tags:
#छोटोखबर #फिफाविश्वकप२०२६ #फ्रान्स #मोरक्को #एमबाप्पे #डेम्बेले #विश्वकप #फुटबल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्