प्रधानमन्त्री कार्कीद्वारा मन्त्रीहरूको राजनीतिक गतिविधिप्रति असन्तुष्टि
२०८२ पौष २२

फागुन २१ मा निर्वाचन सम्पन्न गराउने तयारीमा रहेकी प्रधानमन्त्री कार्कीले सोमबारको क्याबिनेट बैठकमा मन्त्रीहरूको राजनीतिक गतिविधि प्रति असन्तुष्टि व्यक्त गरिन्।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक क्रियाकलापमा लागेको मन्त्रीहरूलाई पद छोड्न निर्देशन दिएकी छन् । कुलमान घिसिङ लगायत केही मन्त्री चुनावी सक्रियतामा देखिएपछि प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो। घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता गरेको थियो। मन्त्रीहरूको राजनीतिक सक्रियताप्रति असन्तुष्टि देखाउँदै कार्कीले समयमै मार्गप्रशस्त गर्नुपर्ने बताएकी हुन्।
Tags:
#छोटोखबर #प्रधानमन्त्रीकार्की #कुलमानघिसिङ #उज्यालोनेपालपार्टी #राजनीति #मन्त्री #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


