शेरबहादुरजी नै हाम्रो नेता हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’ : शशांक कोइराला
२०८३ श्रावण २९

शशांक कोइरालाले देउवा नै कांग्रेसका नेता भएको बताउँदै पार्टी एकताका लागि राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्। भेलालाई सम्बोधन गर्दै उनले बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरण गरे। देउवाको आगमनसँगै भेला सफल भएको दाबी गर्दै शशांकले देउवा नै आफूहरूको नेता र सभापति भएको बताए। कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला आयोजना गरिएको उनको भनाइ छ।
Tags:
#छोटोखबर #शशांककोइराला #शेरबहादुरदेउवा #नेपालीकांग्रेस #राष्ट्रियभेला #कांग्रेसएकता #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४