विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित
२०८३ असार ८

न्युजिल्यान्डविरुद्ध ३–१ को पुनरागमन जित निकाल्दै इजिप्टले विश्वकप इतिहासकै पहिलो विजय हासिल गरेको छ।
फिफा विश्वकप–२०२६ अन्तर्गत इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै प्रतियोगिताको इतिहासमै पहिलो जित दर्ता गरेको छ। एक गोलले पछि परेको अवस्थामा इजिप्टले दोस्रो हाफमा लगातार तीन गोल गर्दै शानदार पुनरागमन गर्यो। मुस्ताफा जिको, कप्तान मोहम्मद सलाह र ट्रेजेगुएले गोल गरे। यो विश्वकपमा इजिप्टले एकै खेलमा तीन गोल गरेको पनि पहिलो अवसर हो। जितसँगै इजिप्ट समूह ‘जी’को शीर्ष स्थानमा पुगेको छ।
Tags:
#छोटोखबर #फिफाविश्वकप२०२६ #इजिप्ट #न्युजिल्यान्ड #मोहम्मदसलाह #फुटबल #विश्वकप #खेलकुद #ऐतिहासिकजित #समूहजी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्