आजदेखि विश्वकपको नकआउट चरण, पहिलो खेलमा क्यानडा र दक्षिण अफ्रिका भिड्दै
२०८३ असार १४

विश्वकप २०२६ को नकआउट चरण आजदेखि सुरु हुँदै पहिलो खेलमा क्यानडा र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।
फिफा विश्वकप २०२६ को नकआउट चरण आज रातिदेखि सुरु हुँदैछ। पहिलो खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका हुन्। नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे हुने खेलको विजेताले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ।
Tags:
#फिफाविश्वकप२०२६ #विश्वकपफुटबल #नकआउटचरण #क्यानडा #दक्षिणअफ्रिका #नेदरल्यान्ड्स #मोरक्को #फुटबल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्