Choto Khabar Logo

नेपाली कांग्रेसमा विवादबीच आज विशेष महाधिवेशन आह्वानको तयारी

२०८२ पौष २३
नेपाली कांग्रेसमा विवादबीच आज विशेष महाधिवेशन आह्वानको तयारी
विशेष महाधिवेशनको पक्षमा गठित ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने तयारी गरेको छ।
नेपाली कांग्रेसभित्र विवाद बढिरहेका बेला आज विशेष महाधिवेशन आह्वान गरिँदैछ। विशेष पक्षधरले गठन गरेको दोस्रो विशेष महाधिवेशन सचिवालयले प्रतिनिधिलाई आह्वान गर्ने तयारी गरेको हो। पत्रकार सम्मेलनमार्फत् बोलाउने योजना छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि कार्यसम्पादन समिति बैठकपछि विशेष महाधिवेशन आह्वान गर्ने संकेत गरेका छन्। देउवा पक्ष भने चुनावअघि सम्भव नभएको बताउँछ।

Tags:

#नेपालीकांग्रेस #विशेषमहाधिवेशन #राजनीतिकविवाद #गगनथापा #विश्वप्रकाशशर्मा #शेरबहादुरदेउवा #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू