कांग्रेस अनुशासन समितिको चेतावनी, ७५४ उजुरीमाथि छानबिन
२०८३ भाद्र ५
कांग्रेस अनुशासन समितिले निर्वाचनमा भएका अनुशासन उल्लंघनसम्बन्धी ७५४ उजुरीमाथि छानबिन गर्दै दोषीलाई कारबाही गर्ने जनाएको छ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धतिविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ। शुक्रबार सानेपामा बसेको बैठकमा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्नेलाई विधानअनुसार कारबाही गरिने बताए। गत आम निर्वाचनका क्रममा अनुशासन उल्लंघन तथा अन्तर्घातसम्बन्धी ७५४ उजुरी प्राप्त भएको र तीमध्ये अधिकांश छानबिन तथा किनारा लगाउने प्रक्रियामा रहेको जानकारी दिइएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #कांग्रेस #तारामानगुरुङ #अनुशासनसमिति #पार्टीअनुशासन #७५४उजुरी #अन्तर्घात #नेपालराजनीति #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४