सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
२०८३ भाद्र ३

मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश सभाबाट ३१ मतसहित विश्वासको मत पाएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। बुधबार भएको मतदानमा सहभागी ४६ प्रदेश सभा सदस्यमध्ये ३१ जनाले उनको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका छन्। नेकपाका २० तथा उपसभामुखसहित एमालेका ११ सांसदले भट्टलाई समर्थन गरेका छन्। एमालेको समर्थनमा गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्टले प्रदेश सभाबाट बहुमत प्राप्त गरेका छन्।
Tags:
#छोटोखबर #सुदूरपश्चिम #खगराजभट्ट #मुख्यमन्त्री #विश्वासकोमत #प्रदेशसभा #नेकपा #एमाले #प्रदेशराजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४