सुगौली सन्धिपछिकै गम्भीर स्वाधीनता संकटमा मुलुक : दाहाल
२०८३ भाद्र ७

दाहालले राष्ट्रिय स्वाधीनताको गम्भीर संकट सामना गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताउनुभएको छ। ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक कार्यक्रममा उहाँले वर्तमान संकट सामना गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई प्राथमिकता दिन नसक्दा संकट उत्पन्न भएको उहाँको भनाइ छ।
Tags:
#छोटोखबर #पुष्पकमलदाहाल #नेपालीकम्युनिस्टपार्टी #राष्ट्रियस्वाधीनता #कम्युनिस्टएकता #नेपालराजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४