Choto Khabar Logo

राप्रपाद्वारा बागमती प्रदेश संसदीय दलका नेता उद्वव थापा निष्काशित

२०८३ भाद्र ४
राप्रपाद्वारा बागमती प्रदेश संसदीय दलका नेता उद्वव थापा निष्काशित
राप्रपाको निर्देशनविपरीत बागमती सरकारलाई समर्थन गरेको भन्दै उद्वव थापा पार्टीबाट निष्काशित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ। अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशनविपरीत एमाले र नेकपाको सरकारलाई समर्थन गरेकाले कारबाही गरिएको बताएका छन्। राप्रपाले समर्थन फिर्ता लिन दिएको निर्देशन थापाले नमानेपछि साधारण सदस्य र प्रदेश सभा सदस्यबाट समेत कारबाही गरिएको लिङदेनले बताएका छन्। सरकारमा सहभागी अन्यलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन्।

Tags:

#छोटोखबर #राप्रपा #उद्ववथापा #राजेन्द्रलिङदेन #बागमतीप्रदेश #प्रदेशसभा #संसदीयदल #सत्तासमीकरण #पार्टीकारबाही #नेपालराजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू