भारतीय अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजार श्रमिकको रोजीरोटी संकटमा
२०८३ असार ४

भारतीय अवरोधका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुँदा ६० हजारभन्दा बढी श्रमिक र किसानको जीविकोपार्जन संकटमा परेको छ।
भारतले नेपाली चिया निर्यातमा अघोषित अवरोध लगाएपछि इलामका ५६ र झापाका ३० भन्दा बढी चिया उद्योग बन्द भएका छन्। गोदाममा चिया थन्किएपछि व्यवसायीहरूले उद्योग बन्द गर्न बाध्य भएको बताएका छन्। यसबाट करिब ६० हजार किसान, मजदुर र कर्मचारीको रोजीरोटी संकटमा परेको छ। समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको जनाएको छ।
Tags:
#छोटोखबर #नेपालीचिया #चियाउद्योग #इलाम #झापा #भारत #निर्यात #किसान #मजदुर #आर्थिकसंकट #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


