Choto Khabar Logo

प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

२०८३ श्रावण २५
प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
प्रधानमन्त्री बालेन शाहले पहिलोपटक भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा जोड दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री शाहले पनि ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन जोड दिएका छन्।

Tags:

#छोटोखबर #बालेनशाह #भारतीयराजदूत #नवीनश्रीवास्तव #नेपालभारतसम्बन्ध #कूटनीति #विदेशनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू