प्रधानमन्त्री बालेन शाहद्वारा चौमासिक प्रगति विवरण सार्वजनिक
२०८३ श्रावण २२

प्रधानमन्त्री बालेन शाहले वैशाखदेखि असारसम्म सरकारबाट भएका काम र निर्णय समेटिएको प्रगति विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले सरकारका पछिल्ला कामकारबाही समेटिएको चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन्। प्रतिवेदनअनुसार वैशाखदेखि असारसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसेर ३८४ वटा निर्णय भएका छन्। मन्त्रिपरिषद्का विभिन्न समितिका ८ बैठकबाट १२ निर्णय भएका छन्। यस अवधिमा कार्यविभाजन नियमावली कार्यान्वयन र ‘शून्य बाँकी फाइल’ अभियानसम्बन्धी प्रक्रिया अघि बढाइएको पनि प्रतिवेदनमा उल्लेख छ।
Tags:
#छोटोखबर #बालेनशाह #प्रधानमन्त्री #चौमासिकप्रतिवेदन #मन्त्रिपरिषद् #सरकार #शून्यबाँकीफाइल #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४