संविधानका मूल विषयमा सम्झौता नहुने गगन थापाको स्पष्ट धारणा
२०८३ असार २५

गगन थापाले संविधानका मूलभूत सिद्धान्तमा सम्झौता नहुने र संशोधन प्रक्रिया स्पष्ट आधारमा अघि बढ्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता संविधानका आधारभूत विषयमा कुनै सम्झौता नहुने बताएका छन्। संविधान संशोधनअघि सरकारसँग स्पष्ट प्राथमिकता, समस्या पहिचान र पारदर्शी प्रक्रिया आवश्यक रहेको भन्दै उनले कार्यदलको गठन र कार्यविधिमाथि पनि प्रश्न उठाएका छन्।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #गगनथापा #संविधानसंशोधन #लोकतन्त्र #गणतन्त्र #संघीयता #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

