कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षसँग संवादको अपिल
२०८२ पौष २५

परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने औंल्याउँदै उनीहरूले विशेष महाधिवेशन पक्षसँग छलफल गर्न अपिल गरेका हुन्।
नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले संयुक्त अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षसँग संवाद गर्न नेतृत्वलाई आग्रह गरेका छन्। उदयशम्शर राणाको अगुवाइमा जारी अपिलमा २०८२ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई विश्वसनीय र एकताबद्ध बनाउँदै नयाँ सोचसहित अघि बढ्नुपर्ने उल्लेख छ। विशेष महाधिवेशन माग गर्ने मतको सम्मान गर्न उनीहरूको आग्रह छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #विशेषमहाधिवेशन #राजनीति #प्रतिनिधिसभानिर्वाचन #कांग्रेससमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


