प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्ता
२०८३ श्रावण १२

भारतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई औपचारिक भ्रमणका लागि निमन्त्रणा दिएको पुष्टि गरेको छ।
भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई औपचारिक भ्रमणका लागि निम्ता दिएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निमन्त्रणा पठाइएको पुष्टि गरे। नेपालबाट विशेष दूत भारत गएको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए। भ्रमणको मिति र एजेन्डाबारे थप विवरण सार्वजनिक गरिएको छैन।
Tags:
#छोटोखबर #बालेनशाह #भारतभ्रमण #नेपालभारतसम्बन्ध #कूटनीति #प्रधानमन्त्री #नेपालसमाचार #विदेशनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४