भ्याटमा बहुदर लागू नगर्ने, बिजुलीमा कर लगाइने
२०८३ जेठ १५

सरकारले भ्याटमा बहुदर लागू नगर्ने निर्णय गर्दै बिजुलीमा कर लगाउने र टीडीएस दर बढाउने तयारी गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भ्याटमा दुई दर लागू गर्ने तयारीबाट पछि हटेका छन्। कर विज्ञ र कर प्रशासनको विरोधपछि निर्णय रोकिएको हो। सरकारले भ्याट छुटको सूची घटाउँदै बिजुलीमा भ्याट लगाउने निर्णय गरेको छ। निजी शिक्षा र स्वास्थ्यमा भने भ्याट नलाग्ने भएको छ। साथै, भ्याट दर्ता करदाताको टीडीएस दर १.५ प्रतिशतबाट बढाएर २.५ प्रतिशत पुर्याइने तयारी गरिएको छ।
Tags:
#छोटोखबर #भ्याट #अर्थमन्त्री #स्वर्णिमवाग्ले #बिजुलीकर #अर्थतन्त्र #नेपालसरकार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

