सेयर बजार १० अंकले घट्यो, कारोबार ३ अर्बभन्दा बढी
२०८३ बैशाख ३१

बिहीबार नेप्से १० अंकले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।
बिहीबार सेयर बजार परिसूचक नेप्से १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेको छ। १७४ कम्पनीको सेयर मूल्य घट्दा ८० कम्पनीको मात्रै बढेको छ। यस दिन ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो। युनियन हाइड्रो, क्रेस्ट माइक्रो र केही म्युचुअल फन्डका लगानीकर्ताले बढी नाफा कमाएका छन्। अधिकांश समूहगत सूचक भने घटेका छन्।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरलगानी #नेपालस्टकएक्सचेन्ज #अर्थसमाचार #कारोबार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

