असारमा पनि घट्यो बैंकहरूको निक्षेप ब्याजदर
२०८३ जेठ ३१

उच्च तरलता र कमजोर कर्जा प्रवाहका कारण वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि निक्षेपको औसत ब्याजदर घटाएका छन्।
वाणिज्य बैंकहरूले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.३४३ प्रतिशतबाट घटाएर ४.२६५ प्रतिशत कायम गरेका छन्। सात बैंकले ब्याजदर घटाउँदा औसत दरमा कमी आएको हो। उच्च तरलता र न्यून कर्जा प्रवाहका कारण ब्याजदरमा दबाब परेको छ। निक्षेपको ब्याज घटेसँगै कर्जाको ब्याजदर पनि क्रमशः घट्ने अपेक्षा गरिएको छ।
Tags:
#ब्याजदर #वाणिज्यबैंक #मुद्दतीनिक्षेप #अर्थतन्त्र #कर्जाब्याज #नेपालराष्ट्रबैंक #बैंकिङक्षेत्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


