Choto Khabar Logo

अर्थविद् केशव आचार्यको निधन

२०८२ चैत्र ९
अर्थविद् केशव आचार्यको निधन
नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए ।
अर्थविद् केशव आचार्यको आइतबार बिहान अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको छ। स्वास्थ्य समस्या देखिएपछि उनलाई मस्तिष्कघातको उपचारका लागि त्यहाँ लगिएको थियो। शव चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको छ र मंगलबार दाहसंस्कार गरिनेछ। नेपाल राष्ट्र बैंकमा लामो सेवा गरेका आचार्य मौद्रिक तथा वित्त नीतिका विज्ञ मानिन्थे।

Tags:

#छोटोखबर #अर्थविद् #केशवआचार्य #निधन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू