भारतीय अवरोधपछि इलामका चिया उद्योग बन्द, हजारौँ किसान र मजदुर प्रभावित
२०८३ असार १

भारतीय पक्षको निर्यात अवरोधका कारण इलामसहितका चिया उद्योग बन्द हुँदा लाखौँ किलो चिया थन्किएको र हजारौँ किसान तथा मजदुर प्रभावित भएका छन्।
भारतीय पक्षले गुणस्तर परीक्षणको बहानामा नेपाली चिया निर्यातमा अवरोध गरेपछि इलामका अर्थोडक्स चिया उद्योग सोमबारदेखि बन्द भएका छन्। निर्यात रोकिँदा लाखौँ किलो चिया गोदाम र उद्योगमै थन्किएको छ। यसले ८६ उद्योग, हजारौँ मजदुर र किसान प्रभावित भएका छन्। उद्योगीहरूले समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।
Tags:
#छोटोखबर #चियाउद्योग #इलाम #नेपालीचिया #भारत #निर्यात #किसान #मजदुर #अर्थतन्त्र #व्यापार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



