Choto Khabar Logo

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

२०८३ भाद्र १
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभामा ४५ मतसहित विश्वासको मत प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। ८३ सदस्यीय प्रदेश सभामा ७१ सांसद मतदानमा सहभागी भएका थिए। आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिएका छन्।

Tags:

#छोटोखबर #लुम्बिनीप्रदेश #चेतनारायणआचार्य #विश्वासकोमत #प्रदेशसभा #एमाले #नेपालकम्युनिष्टपार्टी #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू